Hindi To Nepali Dictionary Words Starting From शं

शं

शंकर= भगवान् शिव, किराँतेश्वर, महादेव :

शंका  =सन्देह, खट्को, विभ्रम, धुकचुक :

शंकाकुल = शङ्का लाग्ने, सन्देहस्पद्, अविश्वासी :

शंका निवारण = :शङ्का हटाउने काम, सन्देहमुक्त गर्ने क्रिया, निरिचित, असन्देहात्मक :

शंकालु =  शङ्का गर्ने, संशयी, अविश्वासी :

शंकास्पद =सन्देहास्पद, शङ्का गर्नुपर्ने, अविश्वासी :

शंकित  =  शङ्का गरिएको, धुकचुकमा परेको, आश्चर्य, विस्मय, सम्भ्रम :

शंकित मन =आशङ्कित, शङ्का लागेको, डर,

शंख  = समुद्रमा पाइने घुँगी जातका कीराको खबटो, शङ्ख, कुबेरको नौ निधिमध्ये एक :

 

शंख नाद  = शङ्ख फुक्दा निक्लिने ध्वनि, प्राचीन समयमा युद्ध घोषणा गर्ने तरीका :

शंख बजाना = हर्ष मनाउनु, रमाउनु :

 शंख फूँकना = जगाउनु, युद्ध घोषणा गर्नु :

शंखाकार =  शङ्खको जस्तै आकार भएको :

शंखिनी = कामशास्त्रअनुसार चार प्रकारका स्त्रीमध्ये एक :

शंबु = चिप्ले कीरो :

शंभु = भगवान्, शिव, पारुहाङ, महादेव : 

 
biz.